Social Study has been introduced in Class 12 in Nepali Language. Here in post we have created 5 practice model set for class 12 board exam.
नमुना प्रश्नपत्र सेट: ०२
समूह ‘क’ तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्: [११×०१= ११]
प्रश्न नं. ०१ कस्तो जीवनशैलीलाई स्वास्थ्य जीवनशैली भनिन्छ?
प्रश्न नं. ०२ पूर्वीय चिन्तन परम्परा भन्नाले के बुझिन्छ ?
प्रश्न नं. ०३ तपाईंको कक्षामा १२ जना छात्रा र १० जना छात्र छन् । चक्र चित्रमा प्रस्तुत गर्नका लागि यो तथ्याड़कलाई डिग्रिमा परिवर्तन गर्नुहोस् ।
प्रश्न नं. ०४ सिर्जनात्मक चिन्तन सीपको अर्थ लेख्नुहोस् ?
प्रश्न नं. ०५ सामाजिक विविधता भन्नाले के बुझिन्छ ? उदाहरणसहित लेख्नुहोस् ।
प्रश्न नं. ०६ नेपालको ऐतिहासिक अध्ययनका कालखण्डहरूको समय क्रमसहित सूची तयार पार्नुहोस् ।
प्रश्न नं. ०७ गोपनियताको अधिकार भनेको के हो ? लेख्नुहोस् ।
प्रश्न नं. ०८ सहरीकरणका कुनै दुई ओटा विशेषताहरू उल्लेख गर्नहोस् ।
प्रश्न नं. ०९ सुरक्षित आप्रवासन भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् ।
प्रश्न नं. १० सापेक्ष गरिबी र निरपेक्ष गरिबीलाई परिभाषित गर्नुहोस् ?
प्रश्न नं. ११ नेपालको संविधानको धारा ३१ (शिक्षासम्बन्धी हक) मा के कुरा उल्लेख गरिएको छ?
समूह ‘ख’ तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्: [०८× ०५=४०]
प्रश्न नं. १२ सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाबिचको अन्तरसम्बन्धका बारेमा दुईजना साथीहरू बिचको संवाद तयार पार्नुहोस् ।
अथवा,
परिमाणात्मक र गुणात्मक तथ्या्कको उदाहरण सहित् परिचय दिनुहोस् ?
प्रश्न नं. १३ वर्तमान विश्व विविधतायुक्त छ भन्ने आधारहरू बुँदागत रूपमा लेख्नुहोस् ।
प्रश्न नं. १४ नेपालका प्रशासनिक बिभाजनको ईतिहासको छोटो परिचय दिँदै र हालका प्रदेशहरूको विशेषताहरूको सूची तयार पार्नुहोस् ।
प्रश्न नं. १५ 'मध्याकालिन नेपालमा स-साना राज्यहरूको स-साना राज्यहरूको उदय र अवसान' शिर्षकमा एक दैनिक समाचारपत्रका लागि लेख तयार पार्नुहोस् ।
प्रश्न नं. १६ तपाईं बसोवास गर्ने प्रदेशको कुनै एक शहरको कुजै पाँच महिनाको औसत तापक्रम अनुमान गरेर तालिका निर्माण गर्नुहोस् र उक्त तालिकालाई रेखाचित्र (Line Graph) मा प्रस्तुत गर्नुहोस् ।
प्रश्न नं. १७ सङ्घीयताको कार्यन्वयन सँगसंगै नेपालमा २९३ वटा नगरपालिकाहरू घोषणा भएका छन् । अधिकांश नगरपालिकाहरू केन्द्रमा सामान्य बजारलाई राखेर वरिपरिका ग्रामीण वस्तिहरूलाई समेटिएको देखिन्छ । यस्तो शहरीकरण एकातर्फ अवसर हो भने अर्कातर्फ चुनौती हो । यस भनाइलाई पुष्टि गर्नुहोस् ।
प्रश्न नं. १८ वैदेशिक रोजगारीलाई परिभाषित गर्नुहोस् । नेपाली श्रमिकहरूले बैदिशिक रोजगारिका सिलसिलामा भोग्नुपरेका समस्याहरूको सूची तयार पार्नुहोस् ।
प्रश्न नं. १९ सूचनाको हक भनेको के हो? लोकतान्त्रिक प्रणालिमा यसको महत्व उल्लेख गर्नुहोस् ।
अथवा,
दिगो विकासका लक्षहरू कार्यान्वयनका लागि नेपाल सरकारले चालेका कदमहरूको छोटो समिक्षा गर्नुहोस् ।
समूह ‘ग’ तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस्: [०३×०८= २४]
प्रश्न नं. २० अनुसन्धान भनेको के हो? सामाजिक अध्ययनसँग सम्बन्धित अनुसन्धानमा प्रयोग हुने सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको अवधारणा उल्लेख गर्दै सम्बन्धहरूका प्रकारहरूको छोटो ब्याख्या गर्नुहोस् ।
प्रश्न नं. २१ दैनिक जीवनमा दर्शनको महत्वमाथि प्रकाश पार्नुहोस् । विश्वमा अवलम्वन गरीएका बिभिन्न जीवन दर्शनहरू मध्ये कुनै चार प्रकारका जीवन दर्शनहरूको सार लेख्नुहोस् । (२+१.५*४) अथवा,
बि. सं. २०६२/०६३ को दोश्रो जनआन्दोलनको सफलतापछि देशमा आएका साकारात्मक परिवर्तनहरूको सूची तयार गर्दै यि उपलब्धीहरूलाई संस्थागत गर्न नागरिक समाजले खेल्नुपर्ने भूमिकाको छोटो टिप्पणी गर्नुहोस्।
प्रश्न नं. २२ शिक्षाले सामाजिक तथा सांस्कृतिक विकासमा ल्याउने परिवर्तन र प्रभावहरूको बुँदागत रूपमा छोटो चर्चा गर्नुहोस् ।
नमुना प्रश्नपत्र सेट: ०२
समूह ‘क’ तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्: [११×०१= ११]
प्रश्न नं. ०१ पाश्चात्य चिन्तन परम्परा भन्नाले के बुझिन्छ ?
प्रश्न नं. ०२ सामाजिक अध्ययनलाई किन एकीकृत विषय भनिएको हो?
प्रश्न नं. ०३ कुनै एक गाउमा भएको १२,००० जससङ्ख्या मध्ये ५,४०० पुरूष छन् भने उक्त गाउँमा रहेका महिलाको प्रतिशत कति होला?
प्रश्न नं. ०४ समानुभुति सीपले सम्बन्ध प्रगाढ बनाउन कसरी मद्दत गर्छ? कुनै एक उदाहरण दिनुहोस् ।
प्रश्न नं. ०५ कस्तो व्यक्तिलाई अनिश्वरबादी भनिन्छ ?
प्रश्न नं. ०६ नेपालमा सङ्घीयता कहिलेदेखी लागु भयो? पूरा मिति लेख्नुहोस् ।
प्रश्न नं. ०७ सूचनाको हकको महत्व एक वाक्यमा लेख्नुहोस् ।
प्रश्न नं. ०८ अन्तर्राष्ट्रिय बसाइँसराइका प्रकारहरूमा उत्प्रवासी र आप्रवासी बिचको फरक एक वाक्यमा लेख्नुहोस् ।
प्रश्न नं. ०९ ब्यापार सन्तुलन भनेको के हो? उदाहरण सहित लेख्नुहोस् ।
प्रश्न नं. १० दिगो विकासका पाँच स्तम्भहरूको सूची तयार गर्नुहोस् ।
प्रश्न नं. ११ शिक्षाले तपाईंको समुदायको रोजगारिमा पार्ने कुनै एक प्रभाव उल्लेख गर्नुहोस् ।
समूह ‘ख’ तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्: [०८× ०५=४०]
प्रश्न नं. १२ पूर्वीय दर्शन र पाश्चत्य दर्शनका बिच कुनै पाँच भिन्नताहरू लेख्नुहोस् ।
अथवा,
लेखन कार्यमा संलग्न रहने आफ्ना नातेदारलाई अरूका लेख रचना प्रयोग गर्दा कुन कुन नैतिक पक्षहरूमा ध्यान दिन सल्लाह दिनुहुन्छ? कुनै पाँच ओटा ध्यान दिनुपर्ने पक्षहरू उल्लेख गर्नुहोस्।
प्रश्न नं. १३ सामाजिक सम्बन्धका मजबुत बनाउने उपायहरू उल्लेख गर्नुहोस् ।
प्रश्न नं. १४ "गण्डकी प्रदेशमा पर्यटन विकासको प्रचुर संभावना छ ।" यस भनाइलाई उदाहरण सहित पुष्टि गर्नुहोस् ।
प्रश्न नं. १५ नेपालको शिक्षा क्षेत्रमा समावेशिकरणका सन्दर्भमा देखिएका चुनौतीहरू उल्लेख गर्नुहोस् ।
प्रश्न नं. १६ तलको तयाङ्कलाई स्तम्भ चित्र (Bar Graph) मा प्रस्तुत गर्नुहोस् ।
धर्म जनसङ्ख्या
इसाई २३८ करोड
इस्लाम १९० करोड
हिन्दु ११६ करोड
बौद्ध ५१ करोड
शिख ०३ करोड
प्रश्न नं. १७ अव्यवस्थित शहरीकरण तिब्र गतिमा भईरहेको देश नेपालको सन्दर्भमा स्मार्ट सिटीको अवधारणा र यसको महत्वको चर्चा गर्नुहास् ।
प्रश्न नं. १८ नेपालको पररास्ट्र नितिका आधुनिक प्रवर्तक को हुन? नाम लेख्नुहोस् । नेपालको पररास्ट्र निति सन्चालनका आधारहरू के के हुन? सूची तयार पार्नुहोस् ।
प्रश्न नं. १९ ‘सांस्कृतिक पछौटेपन हटाउन शिक्षाको भूमिका महत्वपूर्ण हुन्छ।’ यस भनाइलाई आफ्नो तर्कसहित पुष्टि गर्नुहोस् । अथवा,
सूचनाको हक भनेको के हो? सूचनाको हक प्रत्याभूति गर्न सार्वजनिक निकाय वा संस्थाले के के गर्नुपर्छ ? सूची तयार पार्नुहोस् ।
समूह ‘ग’ तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस्: [०३×०८= २४]
प्रश्न नं. २० कस्ता सीपहरूलाई जीवनोपायोगी सीपहरू भनिन्छ? जीवनोपयोगी सीपको ऐतिहासिक पृष्ठभूमि लेख्दै यि सीपहरूको वर्गीकरण गर्नुहोस् । (१+३+४)
प्रश्न नं. २१ बि. सं. २०१५ देखि हालसम्म चारवटा सरकारहरूले बहुमतको सरकार निर्माण गर्ने अवसर पाए । ति मध्ये दुईवटा सरकार त दुई तिहाई बहुमत वा नजिकका थिए । तर कुनैपनी सरकारले पाँच बर्षे अवधी पूरा गर्न सकेनन । यसका कारणहरू पहिल्याउँदै बिभिन्न समयका आन्दोलनका भावना अनुरूप स्थिर सरकारको निर्माण गर्न क-कसले के-के गर्नु पर्ला? आफ्ना सुझावहरू प्रस्तुत गर्नुहोस् ।
अथवा,
विपद् भनेको के हो? विपद्का प्रकारहरूको उदाहरण सहित छोटो व्याख्या गर्दै विपद् व्यवस्थापनका निम्ती अवलम्बन गर्नुपर्ने उपायहरूको सूची तयार पार्नुहोस् ।
प्रश्न नं. २२ आयात र निर्यातको छोटो परिचय दिनुहोस् । नेपालको बैदेशिक व्यापार सन्तुलन र घाटाको अवस्था समीक्षा गर्दै भुजडित राष्ट्रका हिसावले नेपालले व्यहोरिरहेको ठुलो मात्राको ब्यापार घाटा कम गराउन के-के उपायहरू अवलम्बन गर्न सकिन्छ? आफ्ना बिचारहरू बुँदागत रूपमा प्रस्तुत गर्नुहोस् । (२+३+३)
नमुना प्रश्नपत्र सेट: ०३
समूह ‘क’ तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्: [११×०१= ११]
प्रश्न नं. ०१ जीवनोपायोगी शिक्षा भनेको के हो?
प्रश्न नं. ०२ गुरूकुल परम्परा भनेको कस्तो परम्परा हो?
प्रश्न नं. ०३ कुनै कक्षामा १५ जना केटा र १० जना केटी छन् भने केटा र केटीको समानुनुपात निकाल्नुहोस्।
प्रश्न नं. ०४ विद्यालयमा अभ्यास गर्न सकिने कुनै दुई जीवनोपयोगी सीपहरूको सूची बनाउनुहोस् ।
प्रश्न नं. ०५ सामाजिक अन्तर्निर्भरताको अर्थ लेख्नुहोस् ?
प्रश्न नं. ०६ नेपालको ईतिहासमा कुन कालखण्डलाई सुनौलो काल भनेर चिनिन्छ?
प्रश्न नं. ०७ नेपालको वर्तमान संबैधानिक व्यवस्था अनुसार देशको कार्यकारी प्रमुख को रहन्छ ?
प्रश्न नं. ०८ नागरीकले पालना गर्नुपर्ने कुनै दुई कर्तव्यहरू लेख्नुहोस् ।
प्रश्न नं. ०९ कुनै पनि शहरले शहरीकरणको मापदण्ड लागू नगर्नाले हुने कुनै एक असर सम्बन्धमा सो नगरपालिकाका प्रमुखलाई तपाईं के सुझाव दिनुहुन्छ? कुनै एक सुझाव लेख्नुहोस् ।
प्रश्न नं. १० नेपालले हाल (वि.सं. २०७८ वा डिसेम्बर २०२१) सम्ममा कति देशहरूसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ?
प्रश्न नं. ११ सामाजिक विकास भन्नाले के बुझिन्छ ?
समूह ‘ख’ तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्: [०८× ०५=४०]
प्रश्न नं. १२ स्वास्थ्य जीवनशैलीका लागि आवश्यक कुनै पाँच नियमहरू उल्लेख गर्नुहोस् ?
अथवा,
सामाजिक अध्ययन/अनुसन्धानमा प्रयोगहुने सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको छोटो परिचय दिनुहोस् ।
प्रश्न नं. १३ बसाइँसराइले सामाजिक विविधतामा पार्ने प्रभावहरू विश्लेषण गर्नुहोस् ।
प्रश्न नं. १४ वर्तमान विश्व समुदायमा आएका परिवर्तनका कारणहरू को सूची तयार पार्दै समाजिक रूपान्तरणको छोटो व्याख्या गर्नुहोस् ।
प्रश्न नं. १५ अन्तर प्रादेशिक सम्बन्धको सामाजिक तथा सांस्कृतिक आयामको व्याख्या गर्नुहोस् ।
प्रश्न नं. १६ तल दिईएका घटनाक्रमहरूलाई समयरेखामा प्रस्तुत गर्नुहोस्:
मिति घटनाहरू
बि. सं. २०१७ पौष ०१ गते : दलमाथिको प्रतिवन्ध, इतिहासको कालो दिन
बि. सं. २०३६ जेष्ठ १० गते :जनमत संग्रहको घोषणा
बि. सं. २०४६ चैत्र २६ गते :पहिलो जनआन्दोलन सम्पन्न, प्रजातन्त्रको पुनर्स्थापना
बि. सं. २०६३ जेष्ठ ०४ गते : प्रतिनिधिसभाको ऐतीहासिक घोषणा सम्पन्न
बि. सं. २०७२ असोज ०३ गते : ऐतिहासिक संविधान सभाबाट नेपालको संविधान जारी
प्रश्न नं. १७ "अव्यवस्थित शहरीकरण विकासको चुनौती हो ।" यस भनाइलाई पुष्टि गर्नुहोस् ।
प्रश्न नं. १८ मानव संसाधन भनेको के हो ? मानव संसाधन विकास गर्न सकिने कुनै चार ओटा तरिकाहरूको सूची बनाउँदै मानव संसाधन विकासमा शिक्षाको भूमिकाको छोटो व्याख्या गर्नुहोस् । (१+२+२)
प्रश्न नं. १९ नेपाल-भारत बिचको आर्थिक सहयोग र सम्बन्धको समिक्षा प्रस्तुत गर्नुहोस् ।
अथवा,
नागरिक कर्तव्य भन्नाले के बुझिन्छ? नागरिक दायित्व र कर्तव्यहरूको आवश्यकता र महत्वमाथि आफ्ना बिचारहरू प्रस्तुत गर्नुहोस् ।
समूह ‘ग’ तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस्: [०३×०८= २४]
प्रश्न नं. २० आत्म मूल्याङ्कनको महत्व उल्लेख गर्नुहोस् । जीवनमा सफलता प्राप्त गर्न आत्म मूल्याङ्कन र आत्मबोध गर्नु अनिवार्य हुन्छ । यस भनाइलाई पुष्टि गर्नुहोस् । (३+५)
प्रश्न नं. २१ लैङ्गिक समावेशीकरणको अवधारणा किन आवश्यक छ ? कारण दिनुहोस् । लैङ्गिक समावेशीकरणका प्रयासहरूको कारण नेपालमा आएका परिवर्तनहरूको छोटो चर्चा गर्दै अबका दिनमा यसलाई निरन्तरता दिन के के गर्नुपर्ला? तर्कपूर्ण सुझाव दिनुहोस् । (१+४+३)
अथवा,
नेपाललाई कहिले सात प्रदेशमा बिभाजन गरिएको थियो । पूरा मिति लेख्नुहोस् । नेपालका सातवटै प्रदेशमा विकासका लागि के कस्ता भौगोलिक अवसरहरू छन्? तिनको उपयोग कसरी गर्न सकिन्छ? प्रत्येक प्रदेशका कुनै एक एक अवसर र तिनको उपयोगका सम्बन्धमा आफ्नो बिचार प्रस्तुत गर्नुहोस् ।
प्रश्न नं. २२ नेपालका हिमाली जिल्लाहरू र ग्रामीण वस्तिबाट बसाईसराईं गरेर शहर तर्फ जाने मानिसहरूको सङ्ख्या प्रतिवर्ष बढीरहेको छ । मानौं तपाईं तिब्र बसाईसराई हुने कुनै एक गाउँपालिकाको अध्यक्ष हुनुभएको भए आफ्ना गाउँपालिकाबाट बसाई सरेर बाहिरिने क्रम रोक्नका लागि के कस्ता रणनीतिहरू अवलम्बन गर्नुहुन्थ्यो? लेख्नुहोस्।
नमुना प्रश्नपत्र सेट: ०४
समूह ‘क’ तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्: [११×०१= ११]
प्रश्न नं. ०१ सामाजिक अध्ययन र जीवनोपायोगी शिक्षालाई कुन शैक्षिक वर्षदेखि कक्षा १२ मा अनिवार्य विषयको रूपमा समावेश गरिएको हो?
प्रश्न नं. ०२ स्वास्थ्य जीवनशैलीका कुनै दुईवटा फाईदाहरू लेख्नुहोस् ।
प्रश्न नं. ०३ कुनै कक्षामा २१ जना केटा र १५ जना केटी छन् भने केटा र केटीको अनुपात निकाल्नुहोस् ।
प्रश्न नं. ०४ आत्ममुल्याङ्कन भन्नाले के बुझिन्छ ?
प्रश्न नं. ०५ कुन धर्मलाई वर्तमान युगको बैज्ञानीक धर्म भनेर चिनिन्छ? उक्त धर्मको मुख्य विशेषता समेत लेख्नुहोस् ।
प्रश्न नं. ०६ नेपालमा अपाङ्गतालाई कसरी वर्गीकरण गरिएका छ ? सूची बनाउनुहोस् ।
प्रश्न नं. ०७ हाल नेपालमा सरकारको कुल सङ्ख्या कति रहेको छ ?
प्रश्न नं. ०८ बसाईसराई अवसर हो कि चुनौती ? आफ्नो धारणा तर्कसहित एक वाक्यमा लेख्नुहोस् ।
प्रश्न नं. ०९ नेपालको अर्थतन्त्रमा कुन क्षेत्रको योगदान सबैभन्दा धेरै रहेको छ ?
प्रश्न नं. १० मानव संसाधन भनेको के हो ? उदाहरण सहित लेख्नुहोस् ।
प्रश्न नं. ११ बौद्धिक पलायन राक्न के गर्न सकिन्छ ? दुई उपायहरू लेख्नुहोस् ।
समूह ‘ख’ तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्: [०८× ०५=४०]
प्रश्न नं. १२ सामाजिक अध्ययनको परिभाषा दिंदै यसका कुनै ४ वटा उद्देश्यहरू लेख्नुहोस् ।
अथवा,
कक्षा १२ उत्तीर्ण गरेपछि विदेश जाने कि नेपालमै पढने भन्ने विषयमा अन्योलमा परेका तपाईँका कुनै एकजना साथीलाई चित्त बुझ्ने सल्लाह दिनुहोस् ।
प्रश्न नं. १३ ‘विश्वव्यापीकरण पछिल्लो समयमा विकसित सामाजिक अन्तरनिर्भरताको परिणाम हो ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
प्रश्न नं. १४ गण्डकी प्रदेशको आर्थिक क्रियाकलापमा पर्यटन उद्योगको भूमिकाको विश्लेषण गर्नुहोस् ।
प्रश्न नं. १५ समतामुलक समाज निर्माणमा मुख्य चुनौती र तिनको समाधानका उपायहरू चर्चा गर्नुहोस् ।
प्रश्न नं. १६ तलको तालिकामा नेपालका प्रदेशहरू र तिनमा रहेका जिल्लाहरूको सङ्ख्यालाई देखाईएको छ । उक्त तथ्याड़कलाई उपयुक्त चित्रमा देखाउनुहोस् ।
नेपालका प्रदेशहरू जिल्ला सङ्ख्या
प्रदेश नं १ १४
मधेश प्रदेश ०८
बाग्मती प्रदेश १३
गण्डकी प्रदेश ११
लुम्बिनी प्रदेश १२
कर्णाली प्रदेश १०
सुदूरपश्चिम प्रदेश ०९
प्रश्न नं. १७ नेपालका संविधानमा मौलिक हकका साथसाथै नागरिक कर्तव्यको व्यवस्था गरिएको छ ? संविधानमा व्यवस्था गरिए अनुसारका नागरिकका कर्तव्यहरूको सूची तयार पार्नुहोस् ।
प्रश्न नं. १८ वस्तिका प्रकारहरूको सूची तयार गर्दै नेपालजस्तो बिकासोन्मुख देशमा सहरीकरण तीव्र रूपले बढ्दै जानुका कारणहरू के के हुन् ? प्रस्तुत गर्नुहास् ।
प्रश्न नं. १९ विश्व व्यापार सङ्गठनको सदस्यको रूपमा नेपालले के कस्ता अवसरहरूको सादुपयोग गर्न सक्छ ? यि अवसरहरू को उपयोगमा सामना गर्नुपरेका चुनौतीहरू समेत लेख्नुहोस् ।
अथवा,
किशोरकिशोरीहरूले पालना गर्नुपर्ने कर्तव्य पालना गर्दा हुने फाइदाको सूची तयार पार्नुहोस्।
समूह ‘ग’ तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस्: [०३×०८= २४]
प्रश्न नं. २० सिर्जनात्मक चिन्तनको परिचय दिंदै चिन्तनका प्रकारहरूको सूची बनाउनुहोस् । सिर्जनात्मक सीप वर्तमान विश्वमा सबैभन्दा बढी माग हुने सीप हो । यस भनाइको पुष्टि गर्नुहोस् । (३+५)
प्रश्न नं. २१ सामावेशिकरण भनेको के हो? नेपालमा समावेशिकरण र समतामुलक समाज निर्माणका लागि भएका प्रयासहरूको छोटो चर्चा गर्नुहोस् ।
अथवा,
सामाजिक सम्बन्धका आधारहरू उल्लेख गर्दै यसका विशेषताहरूको चर्चा गर्नुहोस् । सामाजिक सम्बन्ध मजबुत बनाउन के गर्नुपर्छ ? आफ्नो बिचारहरू बुँदागत रूपमा उल्लेख गर्नुहोस् । (२+३+३)
प्रश्न नं. २२ नेपालमा शहरीकरणको अवस्था उल्लेख गर्दै शहरीकरणका समस्याहरू र समाधानका उपायहरू पहिचान गर्नुहोस् ।
नमुना प्रश्नपत्र सेट: ०५
समूह ‘क’ तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्: [११×०१= ११]
प्रश्न नं. ०१ भौतिकवादी दृष्टिकोण भन्नाले के बुझिन्छ?
प्रश्न नं. ०२ अनुसन्धानमा प्रयोग हुने कार्यकारण सम्बन्धको परिचय दिनुहोस् ।
प्रश्न नं. ०३ गत वर्षको अन्तिमा परीक्षामा सम्मिलित ०५ जना विद्यार्थीको सामाजिक अध्ययन विषयको प्राप्तङ्क २२, ३५, ४६, ६१ र १३ थियो । यो तथ्याड़कबाट औसत गणना गर्नुहोस्।
प्रश्न नं. ०४ सङ्ज्ञानत्मक समानुभुति भनेको के हो ?
प्रश्न नं. ०५ मानवातावादी दर्शनले के कुरालाई महत्व दिन्छ ?
प्रश्न नं. ०६ प्राकृतिक लिङ्ग र सामाजिक लिङ्गबिचको भिन्नता उल्लेख गर्नुहोस् ।
प्रश्न नं. ०७ सङ्घीय सरकारका एकल अधिकार सूची अन्तर्गत कति ओटा अधिकारहरू सूचीकृत गरिएका छन् ?
प्रश्न नं. ०८ हाल नेपालमा शहरीकरण वा नगर क्षेत्रहरूको कुल सङ्ख्या कति रहेको छ? सूची सहित सङ्ख्या समेत उल्लेख गर्नुहोस् ।
प्रश्न नं. ०९ बसाइँ सराइसम्बन्धी अवधारणाहरू अन्तर्गत उत्पत्ति र गन्तव्यका स्थान भन्नाले के बुझिन्छ?
प्रश्न नं. १० मानव विकासका तीनवटा निर्धारक सूचक वा सूचकाङ्कहरूको सूची तयार पर्नुहोस् ।
प्रश्न नं. ११ समानता र समताबिचको फरक एक वाक्यमा लेख्नुहोस् ।
समूह ‘ख’ तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्: [०८× ०५=४०]
प्रश्न नं. १२ माइक्रोसफ्ट एक्सेलको छोटो परिचय दिँदै यसका कुनै चार प्रयोगहरू लेख्नुहोस् ।
अथवा,
सम्बेग व्यब्स्थापन् किन आवश्यक छ भन्ने सम्बन्धमा दुईजना साथीहरूको एक सम्बाद लेख्नुहोस्?
प्रश्न नं. १३ दनिक जीवनमा दर्शनका उपयागिताका केही उदाहरणहरू दिनुहोस् ।
प्रश्न नं. १४ भौगोलिक सूचना संकलनमा सूचना प्रविधिको प्रयोगका फाईदाहरू लेख्नुहोस् ।
प्रश्न नं. १५ पञ्चायतकालिन कालखण्डमा राजनैतिक दलका कार्यकर्ताहरू माथि भएका मानव अधिकार हनन सँग सम्बन्धित विषय समेट्ने गरी समुदायका राजनीतिज्ञलाई सोध्ने पाँचवटा प्रश्नहरू तयार पार्नुहोस् ।
प्रश्न नं. १६ तलको तालिकामा नेपालका प्रदेशहरू र तिनले ओगटेको क्षेत्रफललाई देखाईएको छ । यस तथ्याड़कलाई बृतचित्रमा प्रस्तुत गर्नुहोस्:
नेपालका प्रदेशहरू क्षेत्रफल
प्रदेश नं १ २५९०५ बर्ग कि. मि.
मधेश प्रदेश ९६६१ बर्ग कि. मि.
बाग्मती प्रदेश २०३०० बर्ग कि मि
गण्डकी प्रदेश २१५०४ बर्ग कि. मि.
लुम्बिनी प्रदेश १९७३७ बर्ग कि. मि.
कर्णाली प्रदेश ३०२११ बर्ग कि. मि.
सुदूरपश्चिम प्रदेश १९५३९ बर्ग कि. मि.
प्रश्न नं. १७ मुलुकी संहिता भनेको के हो? देवानी संहिता (देवानी मुद्दा) र फौजदारी संहिता (फौजदारी मुद्दा) बिचका कुनै चारवटा भिन्नताहरू छुट्याउनुहोस् ।
प्रश्न नं. १८ ब्यापार घाटा भनेको के हो? एक वाक्यमा लेख्नुहोस् । नेपालको बैदेशिक ब्यापार नाफामुखी हुन नसक्नुका कारणहरू औंल्याउनुहोस् ।
प्रश्न नं. १९ गाउँसहर सम्बन्धले जीविकोपार्जन शैलीमा ल्याउने सकारात्मक र नकारात्मक परिवर्तनमा छोटो टिप्पणी लेख्नुहोस् । अथवा,
'नेपाालमा शिक्षामा पहुँच र समावेशिता' शिर्षकमा एक राष्ट्रिय दैनिकका लागि सम्पादकिय लेख तयार पार्नुहोस् ।
समूह ‘ग’ तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस्: [०३×०८= २४]
प्रश्न नं. २० अध्ययन प्रस्तावना तयार गर्दा ध्यानदिनुपर्ने पक्षहरूको सूची तयार गर्दै कुनै एक सामाजिक समस्या वा सवालमा केन्द्रित रही अनुसन्धान शिर्षक छनौट गर्नुहोस् र उक्त अनुसन्धान कार्य संचालन गर्नका लागि अध्ययन प्रस्तावनाको सामान्य खाका तयार पार्नुहोस् । (३+५)
प्रश्न नं. २१ नेपालको इतिहासमा मध्यकाल सामाजिक र आर्थिक पक्षबाट सम्मुन्नत थियो भन्ने प्रमाणहरू प्रस्तुत गर्नुहोस् । अथवा,
समाजमा वर्गको अवधारणा र वर्ग विभाजनका आधारहरू उल्लेख गर्दै वर्ग र समाजिक रूपान्तरण बिचको सम्बन्धको व्याख्या गर्नुहोस् ।
प्रश्न नं. २२ नेपालमा शैक्षिक बेराजगारी र बौद्धिक पलायनको समस्या बढ्दै जानुका कारणहरूको सूची तयार पार्दै यो समस्या समाधान गर्न राज्य तथा निजी क्षेत्रले खेल्न सक्ने भूमिकाको बारेमा चर्चा गर्नुहोस् । (४+४)
सबै प्रश्नहरूको उत्तर दिनुहोस् ।
समूह 'क' तलका प्रश्नहरूको धेरै छोटो उत्तर दिनुहोस् । ११ x १ = ११
प्रश्न १. जीवनोपायोगी सीप भनेको के हो ?
प्रश्न २. कस्तो जीवनशैलीलाई स्वास्थ्य जीवनशैली भनिन्छ?
प्रश्न ३. सूचना संकलन गर्नका लागि गुगल सर्भे फर्मको प्रयोग कसरी गर्न सकिन्छ? कुनै एक तरिका उल्लेख गर्नुहोस् ।
प्रश्न ४. समानुभुति सीपले सम्बन्ध प्रगाढ बनाउन कसरी मद्दत गर्छ? कुनै एक उदाहरण दिनुहोस् ।
प्रश्न ५. नेपालको ईतिहासमा अंशुवर्माले गरेका कुनै दुई सुधारका कार्यहरू के के थिए? लेख्नुहोस्।
प्रश्न ६. तपाईंको कक्षामा १५ जना छात्रा र १२ जना छात्र छन् । चक्र चित्रमा प्रस्तुत गर्नका लागि यो तथ्यांकलाई डिग्रिमा परिवर्तन गर्नुहोस् ।
प्रश्न ७. नागरीकले पालना गर्नुपर्ने कुनै दुई कर्तव्यहरू लेख्नुहोस् ।
प्रश्न ८. ब्यापार घाटा भनेको के हो? एक वाक्यमा लेख्नुहोस् ।
प्रश्न ९. शिक्षाले तपाईंको समुदायको रोजगारिमा पार्ने कुनै एक प्रभाव उल्लेख गर्नुहोस् ।
प्रश्न १०. कुनै पनि शहरले शहरीकरणको मापदण्ड लागू नगर्नाले हुने कुनै एक असर सम्बन्धमा सो नगरपालिकाका प्रमुखलाई तपाईं के सुझाव दिनुहुन्छ? कुनै एक सुझाव लेख्नुहोस् ।
प्रश्न ११. बसाईसराई अवसर हो कि चुनौती ? आफ्नो धारणा तर्कसहित एक वाक्यमा लेख्नुहोस् ।
समूह 'ख' तलका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् । ०८x०५ = ४०
प्रश्न १२. जीवनोपायोगी सीपलाई पूर्वीय र पाश्चत्य चिन्तन परम्परा अनुसार आफ्नो जीवनमा कसरी लागू गर्नुभएको छ ? उदाहरण प्रस्तुत गर्नुहोस् ।
अथवा,
लेखन कार्यमा संलग्न रहने आफ्ना नातेदारलाई अरूका लेख रचना प्रयोग गर्दा कुन कुन नैतिक पक्षहरूमा ध्यान दिन सल्लाह दिनुहुन्छ? कुनै पाँच ओटा ध्यान दिनुपर्ने पक्षहरू उल्लेख गर्नुहोस् ।
प्रश्न १३. वर्तमान विश्व विविधतायुक्त छ भन्ने आधारहरू बुँदागत रूपमा लेख्नुहोस् ।
प्रश्न १४. अन्तर्प्रदेशिक सम्बन्धको सामाजिक तथा सांस्कृतिक आयामको व्याख्या गर्नुहोस् ।
प्रश्न १५. पञ्चायतकालिन कालखण्डमा राजनैतिक दलका कार्यकर्ताहरू माथि भएका मानव अधिकार हनन सँग सम्बन्धित विषय समेट्ने गरी समुदायका राजनीतिज्ञलाई सोध्ने पाँचवटा प्रश्नहरू तयार पार्नुहोस् ।
प्रश्न १६. समतामुलक समाज निर्माणमा मुख्य चुनौती र तिनको समाधानका उपायहरू चर्चा गर्नुहोस् ।
प्रश्न १७. सूचनाको हक भनेको के हो? लोकतान्त्रिक प्रणालिमा यसको महत्व उल्लेख गर्नुहोस् ।
प्रश्न १८. नेपालको शिक्षा क्षेत्रमा समावेशिकरणका सन्दर्भमा देखिएका चुनौतीहरू उल्लेख गर्नुहोस् ।
प्रश्न १९. नेपाल-भारत बिचको आर्थिक सहयोग र सम्बन्धको समिक्षा प्रस्तुत गर्नुहोस् ।
अथवा,
"अव्यवस्थित शहरीकरण विकासको चुनौती हो ।" यस भनाइलाई पुष्टि गर्नुहोस् ।
समूह 'ग' तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् । ०३ x ०८ = २४
प्रश्न २०. आत्माआलोचना र स्वरूपान्तरणले व्यक्तिको जीवनमा साकारात्मक परिवर्तन ल्याउन सहयोग गर्छ । यस भनाइलाई उदाहरण सहित पुष्टि गर्नुहोस् ।
प्रश्न २१. नेपालका सातवटै प्रदेशमा विकासका लागि के कस्ता भौगोलिक अवसरहरू छन्? तिनको उपयोग कसरी गर्न सकिन्छ? आफ्नो बिचार प्रस्तुत गर्नुहोस् ।
अथवा,
बि. सं. २००७ सालको क्रान्ति र त्यसपछि देशमा उत्पन्न अवस्थाको कारणहरू के के हुन? त्यस्तो अवस्था आउन नदीन के के गर्न सकिन्थ्यो? आफ्नो बिचार प्रस्तुत गर्नुहोस् ।
प्रश्न २२. नेपालका हिमाली जिल्लाहरू र ग्रामीण वस्तिबाट बसाईसराईं गरेर शहर तर्फ जाने मानिसहरूको सङ्ख्या प्रतिवर्ष बढीरहेको छ । मानौं तपाईं तिब्र बसाईसराई हुने कुनै एक गाउँपालिकाको अध्यक्ष हुनुभएको भए आफ्ना गाउँपालिकाबाट बसाई सरेर बाहिरिने क्रम रोक्नका लागि के कस्ता रणनीतिहरू अवलम्बन गर्नुहुन्थ्यो? लेख्नुहोस् ।
Click here to download all PDF