LOK SEWA

Lok sewa aayog objective question on ethnicity, language and literature.

access_time Nov 30, 2020 remove_red_eye 1122

Lok sewa aayog objective question on ethnicity, language and literature. 

लोक सेवा आयोगमा सोधिन सकिने जातजाति, भाषा र साहित्य सम्बन्धि वस्तुगत प्रश्नोत्तरहरुको सँगाको।

Diverse Nepali ethnicity, language and literature.

१. व्याँसी समुदायले लगाउने लुगालाई के भनिन्छ ? – चुङवाला

२. शेर्पा जातिको पहिलो चलचित्र कुन हो ? – खाङ्गी

३. कुन जातिका मानिसहरु घण्टी बजाउँदा उत्तानि पारेर बजाउँछन् ? – डोल्पो

४. डोल्पा जिल्लाका मगरहरुले बोल्ने भाषालाई के भनिन्छ ? – काइके

५. तारो हान्ने प्रतियोगिता कुन जातिमा छ ? –मनांगे (मनांगवा)

६. पैसा छोए पाप लाग्छ भन्ने विश्वास कुन जातिमा छ ? – राउटे

७. सम्बोधन गर्दा एकअर्कालाई तामाङ बन्ने चलन कुन जातिमा छ ? – थकाली

८. तामाङ भाषा र लिपीमा लेखिएको पहिलो पत्रिका कुन हो ? – जाम्वुलिङ

९. शेर्पा जातिका महिलाहरुले लगाउने लुगालाई के भनिन्छ ? – पाङदेन

१०. माहिलो छोरो भिक्षु बन्नुपर्ने चलान कुन जातिमा छ ? –ल्होपा

११. च्याब्रुङ नाच र धान नाच कुन जातिमा प्रचलित छ ? – लिम्बु

१२. लेप्चा जातिको मुख्य बसोबास कहाँ रहेको छ ? –इलाम

१३. माझिहरुको सबैभन्दा मुख्य देवता को हुन् ? –भीमसेन

१४. हायुहरु आफुलाई कहाँबाट आएको विश्वास गर्छन् ? –लंका

१५. विवाह गर्दा केटा र केटी पक्षका सम्धीहरु लडाईं गर्ने चलान कुन जातिमा छ ? – कुमाल

१६. शेर्पा जातिको धर्म ग्रन्थलाई के भनिन्छ ? –फोग्यु

१७. लतार्ने विवाह कुन जातिमा प्रचलित छ ? – छन्त्याल

१८. चण्डीपुजा कुन जातिमा प्रचलित छ ? – राई

१९. कुन जातिमा भटमास र अदुवालाई पवित्र वस्तु मानिन्छ ? – पहरी

२०. जिरेलहरुको पुरोहितलाई के भनिन्छ ? – बोम्पो

२१. पुटपुटे र रोदी नाच कुन जातिमा प्रचलित छ ? – गुरुङ

२२. थारु जातिले खाने दिउसोको खानालाई के भनिन्छ ? – मिंगी

२३. झाँगडहरुको झगडा मिलाउने व्यक्तिलाई के भनिन्छ ? – भाइजान\

२४. यदुवंशी भनेर चिनिने जाति कुन हो ? – यादव

२५. किसान जातिलाई अर्को के नामले चिनिन्छ ? – उराव

२६. सर्वप्रथम नेपाली भाषालाई राज भाषाको रुपमा प्रयोग गर्ने व्यक्ति को हुन् ? – नागराज

२७. नेपालको अन्तरिम संविधान २०६३ को कुन धारामा नेपालको राष्ट्रभाषाको बारेमा उल्लेख गरिएको छ ? –धारा ५

२८. नेपाली भाषाको व्याकरण लेख्ने पहिले विदेशी को हुन् ? – जे.एन. एटन (ए ग्रामर अफ दि नेपलिज ल्याङ्ग्वेज)

२९. नेपाली भाषामा व्याकरण लेख्ने पहिलो नेपाली को हुन् ? – वीरेन्द्रकेशरी अर्ज्याल

३०. “युगवाणी” पत्रिकाको प्रकाशन कहिलेदेखि भयो ? – वि.सं. २००४ देखि

३१. “नेपाली शब्दसागर” का लेखक को हुन् ? –वसन्तकुमार शर्मा

३२. संसारमा सबैभन्दा बढी विस्तार भएको भाषा परिवार कुन हो ? – भारोपेली

३३. नेपालमा बोलिने चार भाषा परिवारहरु कुन कुन हुन् ? – भारोपेली, भोट बर्मेली, आग्नेय र द्रवीड

३४. द्रवीड परिवार अन्तगरत बोलिने भाषा कुन हो ? – झाँगड

३५. आग्नेय परिवार अन्तरगत बोलिने भाषा कुन हो ? – सन्थाल (सतार)

३६. राजवंशी भाषालाई अर्को कुन नामले चिनिन्छ ? – ताजपुरिया

३७. मैथिली भाषा कुन भाषा परिवारअन्तरगत पर्छ ? – भेरोपेली

३८. नेपाली साहित्यको प्राथमिक काल कहिलेलाई मानिन्च ? –वि.सं. १८०१ देखि १९४० सम्म, १९४१ देखि १९७४ सम्म मध्यकाल र १९७५ देखि हालसम्म आधुनिक काल

३९. “तनहुँ भकुन्डो” नामक कविता कसले लेखेका हुन् ? – शक्तिवल्लभ अर्याल

४०. नेपाली साहित्यमा नाटक विधाको प्रवेश कहिले भयो ? – वि.सं. १९८८ देखि

४१. नेपाली साहित्यका वेदव्यास भनि चिनिने व्यक्ति को हुन् ? – हेमांग दिक्षीत

४२. `नेपाली साहित्यमा तरलवादका नायक भनेर कसलाई चिनिन्छ ? – फणिन्द्र नेपाल

४३. नेपाली साहित्यमा हाइकु भित्र्याउने साहित्यकार को हुन् ? – शंकर लामिछाने

४४. सबैभन्दा बढी मदन पुरस्कार पाउने साहित्यकार को हुन् ? –सत्यमोहन जोशी (३ पटक)

४५. पाषाण युगमा कलालाई के मानिन्थ्यो ? – जादु

४६. नेपाल ललितकला संघको स्थापना कहिले भएको हो ? -२०२२ सालमा (श्री ५ वीरेन्द्र संस्थापक अध्यक्ष)

४७. विश्वमा प्यागोडा शैलीको विकास कुन देशबाट भएको हो ? – जापान

४८. पौभा चित्रलाई तिब्बती भाषामा के भनिन्छ ? – थान्का

४९. नेपालका माइकल एञ्जेलो भनेर कसलाई चिनिन्छ ? – वेखाराज शाक्य

५०. रोइला गीत नेपालको कुन क्षेत्रमा प्रचलित छ ? – सुदुरपश्चिम

५१. कर्खा नाच कुन क्षेत्रमा प्रचलित छ ? – गण्डकी अञ्चल

५२. झ्यालमा बुट्टा राख्ने चलन कसले चलाएका हुन् ? – नरेन्द्रदेव

५३.  नेपालमा सामाजिक सेवा दिवस कहिले मनाइन्छ ? – असोज ६

५४. नेपालमा कुन आर्थिक वर्षदेखि वृध्द तथा असाहय विधवा भत्ता दिन थालिएको हो ? – आ.व. २०५१/५२

५५. नेपालमा विर्ता उन्मुलन ऐन कहिले ल्याइयो ? – वि.सं. २०१६

५६. डाँफे, गाई, लालीगुराँस, र सिम्रिकलाई राष्ट्रिय चिन्ह कहिले घोषणा गरियो ? – वि.सं. २०१९ असार २०

Click here to practice more objective questions